गण्डकी अपडेटः १८५ परीक्षण गर्दा २३ जनामा कोरोना पोजेटिभ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

सोही समयमा १० जना संक्रमित निको भएर घर फर्किएका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ६० पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ४४४ रहेको छ ।

संक्रमित हुनेमा कास्कीका १९, पर्वतका २, स्याङ्जाका १ र नवलपरासीका १ जना रहेका छन् । १५ महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५३ हजार ७ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १९५ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १४७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २१ रहेको छ ।

  • २१ मंसिर २०७८, मंगलवार १७:०३ प्रकाशित