काँग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘तपाईहरु मिल्न तयार भए, म छोड्न तयार छु’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताका लागि आफु पछि हट्न तयार रहेको बताएका छन् । साँझा उम्मेदवार छान्न बसेको बैठकमा पौडेल अन्य नेता मिल्ने भए आफु त्याग गर्न तयार रहेको बताएका हुन् ।

तपाईंहरु मिल्न तयार भए । म छोड्न तयार छु । हैन भने मलाई नै सघाउनुस्,ु नेता पौडेलले भने ।नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा अहिले बैठक जारी रहेको छ ।

साझा उम्मेदवारबारे छलफल भइरहे पनि निष्कर्षमा पुग्न बाँकी छ। नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले बैठकस्थलबाहिर प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले नेताहरु मिल्नुस् कांग्रेस जोगाउनुस जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

  • २१ मंसिर २०७८, मंगलवार १६:५६ प्रकाशित