बढ्न थाले संक्रमित : २४ घण्टामा ३१५ जनामा संक्रमण, १२३ जना आईसीयूमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो देशभर २६५ जनामा संक्रमण पुष्टि भएकोमा आज १० जना बढीमा संक्रमण पुष्टि भएको छ ।यसअघि अस्ति मंसिर १९ गते २०५ जनामा संक्रमण पुष्टि भएको थियो ।

९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ भने ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेका छन् । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२३ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • २१ मंसिर २०७८, मंगलवार १६:०० प्रकाशित