काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई खानेबस्नेको व्यवस्था आफै गर्न भनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ जारी गरेको परिपत्रमा प्रतिनिधि सबैलाई खाने बस्ने खर्च आफैले बेहोर्नुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५ सय सहभागी हुने भएका छन् । आगामी पुस ११(१३ गतेसम्म सम्मेलन गर्न गइरहेको माओवादी केन्द्रले प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्नेछ । त्यस्तै १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन हुने छन् ।
प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते र अपांगता भएकालाई प्रतिनिधि चयन गर्नुपर्ने छ ।माओवादीले राष्ट्रिय सम्मेलनमा सहभागी हुने आयोजक एवम् प्रतिनिधिहरूलाई प्रतिनिधि शुल्क २ हजार तोकेको छ ।