दिल्लीमा डेंगूबाट १५ जनाको मृत्यु

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

भारतको राजधानी नयाँ दिल्लीमा डेंगू संक्रमणबाट कम्तीमा १५ जनाको ज्यान गएको छ ।

दिल्लीमा झण्डै ८ हजार ९ सय जना डेंगूबाट संक्रमित भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ।

  • २१ मंसिर २०७८, मंगलवार १२:३९ प्रकाशित