विज्ञको चेतावनीः ‘भविष्यका महामारी कोरोना भन्दा भयानक ’

केन्द्रभाग मिडिया

विज्ञहरुले भविष्यमा कोरोना भन्दा भयानक महामारी आउन सक्ने चेतावनी दिएको छ ।

हाल कोरोनाको नयाँ नयाँ भेरियन्ट आइरहेको बेला यी भाइरसलाई समयमै नियन्त्रण गर्न नसके भविष्यमा यो भन्दा पनि खतरनाक र घातक भाइरसको महामारी फैलिन सक्ने भन्दै विज्ञहरुले चेतावनी दिएका हुन् ।

अक्सफोर्ड–आस्ट्राजेनेका खोपका एक विकासकर्ता डेम सारा गिलबर्टले भविष्यका महामारी कोभिड सङ्कटभन्दा निकै घातक हुनसक्ने बताएकी छिन् ।उनले भनेकि छिन् , ‘ भाइरसले हाम्रो जीवन र जीविकालाई त्रासमा पारेको यो अन्तिम पटक हुने छैन। सत्य के हो भने भविष्यमा यो भन्दा निकै भयानक भाइरस आउन सक्छ, त्यो निकै सङ्क्रामक र घातक हुनसक्छ।’

उनले हाल कोरोना संक्रमणका लागि लगाइएको खोपहरु विस्तारै कम प्रभावकारी बन्ने समेत बताएकी छिन् । अहिले फैलिन थालेको ओमिक्रोन भेरियन्टका लागि खोपले काम नगर्ने समेत उनले बताएकी छिन् ।

यसबारे राम्रो अनुसन्धान र उपयुक्त खोप नबन्दा सम्म मानिसहरुलाई सचेत र सजग हुनु उनले आग्रह गरेकि छिन् । सर्वप्रथम संक्रमण हुनबाट जोगिनु पर्ने उनको भनाई छ ।

गिलबर्टले एउटा महामारीसँग जुझ्ने तयारीका लागि अझ धेरै पैसा आवश्यक पर्ने बताएकी छिन्।

  • २१ मंसिर २०७८, मंगलवार १०:३९ प्रकाशित