साँझा उम्मेदवार छान्न पौडेलसहित चार नेतालाई मंसिर २३ सम्मको अल्टिमेटम

केन्द्रभाग मिडिया

काठमाडौं ।

काँग्रेसको १४ औँ महाधिवेशनमा साँझा उम्मेदवार छान्न रामचन्द्र पौडेल पक्षका चार नेतालाई युवा नेताहरुले अल्टिमेटम दिएका छन् ।

सभापतिमा उठ्ने दाबी गरिरहेका नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर साँझा उम्मेदवार तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका हुन् ।

हिजो साँझबाट यी चार नेता छलफलमा जुटे पनि चारै जना आफुलाई उठाउनुपर्ने अडानमा रहेपछि टुंगोमा पुग्न सकेन । आफुहरुबीचको छलफलले उम्मेदवार छान्न नसकेपछि आज दिउँसो केन्द्रीय सदस्यहरुसहित बैठक बस्ने भएका छन् ।

संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवार नछाने युवा नेताहरुले आफै प्यानल घोषणा गर्ने बताएका छन् ।

  • २१ मंसिर २०७८, मंगलवार १०:१३ प्रकाशित