काठमाडौं ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा विशेष सुरक्षा व्यवस्था गरिने भएको छ ।
महाधिवेशनका लागि दुई हजार सुरक्षाकर्मी खटाइने भएको छ । प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीको कमान्डमा दुई हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ। भने १५० जना अवकाशप्राप्त सैनिक कर्मचारी स्वयंसेवकका रूपमा महाधिवेशन स्थलमा खटिने भएका छन् ।
काँग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको छ । महाधिवेशनका लागि देशभरका नेता तथा प्रतिनिधिहरु काठमाडौँ भेला हुन थालिसकेका छन् ।