साँझ यी प्रदेशका हिमाली भेगमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक -दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख रहेको छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • २१ मंसिर २०७८, मंगलवार ०९:४१ प्रकाशित