पोखरा ।
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज डलरको विनिमयदरमा वृद्धि भएको छ । आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३८ पैसा र बिक्री दर १२० रुपैयाँ ९८ पैसा कायम गरिएको छ । हिजो सोमबार भने अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको थियो ।
युरोपियन युरो एकको खरिद दर १३६ रुपैयाँ ०३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६१ पैसा र बिक्री दर १६० रुपैयाँ ४० पैसा कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६० पैसा र बिक्री दर ८५ रुपैयाँ ०२ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज साउदी अरबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्री दर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर ३३ रुपैयाँ २३ पैसा रहेको छ ।