काठमाडौं ।
काँग्रेसको केन्द्रीय महाधिवेशनको दिन नजिकिएसँगै सभापतिको उम्मेदवार छान्न संस्थापन इतर समुहले दौडधुप गरिरहेको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले हिजैँ साँझ देखि सभापतिको साझा उम्मेदवार छान्न आन्तरिक छलफल सुरु गरेको छ ।
सोमबार साँझ पौडेल निवास बोहोराटारमा सभापतिका आकांक्षी नेताहरू पौडेल, प्रकाशमान सिंह र डा। शशांक कोइराला र डा। शेखरबीच छलफल भएको थियो ।उनीहरु आ–आफ्नै अडानमा बसेपछि छलफल निष्कर्षमा पुग्न सकेन ।
साँझा उम्मेदवारको टुंगो लगाउन आज पौडेल समूहले पुन छलफल गर्ने भएको छ । आज दिउँसो १ बजे प्रकाशमान सिंहको निवास चाक्सिबारीमा केन्द्रीय सदस्यसहित छलफल गर्न बैठक बोलाइएको छ ।
अबको तीन दिनभित्र साझा उम्मेदवार तय गर्ने गरी पौडेल समूहमा कसरत भइरहेको छ ।
सभापतिको साझा उम्मेदवार बनाउन युवा नेताहरूले पनि छुट्टै छलफल अगाडि बढाएको पाण्डेले रातोपाटीलाई जानकारी दिए । सोमबार दिउँसो तीन बजे शेखर कोइरालासँगको छलफलपछि युवा नेताहरूले छुट्टै छलफल गरेका थिए ।
सोमबार साँझ ५ बजेपछि भएको छलफलमा युवा गगन थापा, बद्री पाण्डे, चन्द्र भण्डारी, धनराज गुरुङ, दीपक गिरी र सरिता प्रसाईँलगायतको सहभागी थिए ।