जनवादी गायक जीवन शर्माले नाङ्लोमा गरेको पसलको तस्बिर भाइरल ! यस्तो रहेछ बास्तविकता

केन्द्रभाग मिडिया

पोखरा ।

एउटा क्रेडमा राखिएका हरियो मकैका घोगा । आडैमा नाङ्लो भित्र कागती र अकबरे खुर्सानीको पोका अनि छेउमा माक्स लगाएर बसेका जनवादी गायक जीवन शर्मा ।

काठमाडौैंको मैतिदेविको एक विहानको उनको यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यही तस्बिर ट्वीट गर्दै प्रेम पुनले लेखेका छन्, ‘जनताका जनवादी चर्चित गायक जीवनशर्मा यसरी नाङ्ले पसल खोलेर आफ्नो जीविका चलाउछन् उनले चाँहेको भए करोडौको मालिक हुन्थे गरिब दुखि निमुखाका सारथी हुँदा छोराको उपचारसम्म गर्न हम्मेहम्मे पर्‍यो । स्वाभिमानी जनगायकलाई लालसलाम छ । ’

उक्त पोष्टमाक कसैले कामको सम्मान भनेका छन् । कसैले त्यसैलाई जोडेर नेतालाई गाली गर्न समेत भ्याएका छन् । अनि कसैल ‘जनवादी गायकले गीत गाउन छाडेर किन यसरी नाङ्ले पसल थापेको ?’ भन्दै प्रश्न समेत गरेका छन् । नाम चलेका र दुखीको पिडा गीत मार्फत उजागर गर्दै र आम जनताका समस्याका बारेमा गाउने जनगायक शर्माले साच्चै नाङ्लोमा पसल गरेका हुन् ? केन्द्रखबरले उनीसंग जिज्ञासा राख्दा दिदिलाई सहयोग गरेको प्रतिक्रिया दिए । उनका अनुसार उक्त तस्बिर झण्डै डेढमहिना अगाडि मैतिदेवीमा उनी खुर्सानी किन्न जाँदाको रहेछ ।

घट्टेकुलोमा बसेका जीवन शर्मा एक विहान अकबरे खुर्सानी किन्न मैतिदेवी गएका रहेछन् । उनले ८० रुपैयाँमा खुर्सानी किने । तर, उक्त पसल गर्ने दिदिसंग साट्ने पैसा रहेनछ । त्यही पैसा सट्न गएकी दिदि आउने बेलासम्म शर्माले पसल कुरिदिएका रहेछन् । ‘मलाई डल्ले खुर्सानी असाध्य मनपर्छ । डेढदुई महिना अगाडि म मैतिदेवीमा खुर्सानी किन्न गएको थिएँ । ८० रुपैयाँको खुर्सानी किनेँ । पसले दिदिसंग खुला पैसा रहेन्छ । उहाँ साट्न जानुभयो । आउने बेलासम्म पसल कुरिदिएको हुँ ।

उहाँ आउन झण्डै आधा घण्टा लगाउनुभयो । त्यति नै बेला कसैले त्यो तस्बिर खिचेछन्, त्यो मलाई थाहा भएन । अहिले सामाजिक सञ्जालमा आएको छ भन्ने सुन्दा त्यही नै हो भन्ने लागेको छ । म अहिले इन्टरनेटको पहुँच बाहिर भएकाले हेरेको छैन’ तस्बिर बारे केन्द्रखबरले राखेको जिज्ञासामा अहिले बुटवल रहेका शर्माले जवाफ दिए ।

उक्त नाङ्लोमा पसल गर्ने दिदिलाई आफूले नचिन्ने पनि उनले बताएका छन् । । ‘म दिदिलाई चिन्दिन । पक्कैपनि पुगिसरी भएको भए त्यसरी नाङलोमा पसल किन गर्नुहुन्थ्यो होला र ? पक्कैपनि ठूलै पसल गर्नुहुन्थ्यो होला ’ उनले भने, ‘म जहिलेपनि दुख पीडा पाएका मानिसहरुसंग नै हुन्छु । उहाँहरुसंग रहनु र संयोगले भएपनि साथ दिनु राम्रै हो । मैले नै त्यसरी नाङ्लामा पसल गरेको होइन । गर्न नहुने पनि होइन ।’

  • २० मंसिर २०७८, सोमबार १९:३२ प्रकाशित