पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी काँग्रेस महाधिवेशनका लागि काठमाडौं आउँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी शनिबार काठमाडौं आउने भएकी छिन् । नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन बेनर्जी काठमाडौं आउने लागेकी हुन् ।

कांग्रेसको निम्तोमा वक्ताको रुपमा उनी डिसेम्बर ११ मा आउन लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । कांगे्रस महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म काठमाडौंमा हुँदैछ ।

बेनर्जीलाई महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निम्तो पठाएका थिए । बेनर्जीको सहभागिताले यस क्षेत्रमा लोकतन्त्रको सुदृढीकरण हुने र पार्टीगत सम्बन्ध थप मजबुत हुने अपेक्षा देउवाले लिएका छन् ।

  • २० मंसिर २०७८, सोमबार १६:३७ प्रकाशित