सात दिनमा विमानस्थलबाट भित्रियो ७२ किलोग्राम काँचो सुन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा अवैध तरिकाले सुन भित्रिने क्रम रोकिएको छैन । हाल दैनिकजसो काँचो सुन भित्रिरहेको छ ।

एक साताको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७२.७ किलोग्राम सुन नेपाल भित्रिएको छ ।

मंसिर १३ गतेदेखि १९ गतेसम्मको अवधिमा विदेशबाट साढे ५ अर्ब रुपैयाँ बराबरको उक्त परिमाणको काँचो सुनको बाला भित्रिएको हो । विदेशबाट नेपाल फर्कने १५ सय ३० जना नेपालीले आफ्नो साथमा उक्त सुन ल्याएका थिए ।

पछिल्लो समय विमानस्थलभित्र सुन विरुद्धको अभियान नै चलाएर कडाई गरिनुको साथै स्टिङ अपरेसन पनि सुरु भएको छ । सोही अभियान जारी भएको सात दिनमा ७२ किलो सुन भित्रिएको पाइएको हो ।

१५ सय ३० मध्ये १३ सय ४१ जनाले सुनको भन्सार तिरेका छन् । भन्सारमार्फत ७ करोड रुपैयाँ राजश्व उठ्ने विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

  • २० मंसिर २०७८, सोमबार १५:२० प्रकाशित