कर्णालीमा भागबण्डा किचलो : माओवादीले भन्यो,‘चार मन्त्रालय नपाए सरकारमा जादैँनौ’

केन्द्रभाग मिडिया

सुर्खेत ।

कर्णालीमा चार मन्त्रालय नपाए सरकारमा नजाने नेकपा माओवादी केन्द्रले बताएको छ ।

माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले माओवादी ठूलो दलको भएको भन्दै चार मन्त्रालय माग गरेका हुन् । चार मन्त्रालय नपाए आफुहरु सरकारबाट बाहिरिने बताएका हुन् । उनले यस्तो बताएसँगै प्रदेशमा भागबण्डाको किचलो झन् बढ्ने देखिएको छ ।

माओवादीको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले भने कुनै पनि हालतमा माओवादीलाई चार मन्त्रालय दिन नसकिने बताएका छन् । उनको यो अभिव्यक्ति पश्चात भागबण्डाको विषय थप पेचिलो बन्दै गएको छ ।

विश्वासको मत लिनकै लागि मुख्यमन्त्री शाहीले केही दिनअघि माओवादीबाट एक जनालाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री शाहीले माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका हुन् । तर अब थप तीन मन्त्री नपाए माओवादीले विष्टलाई पनि सरकारबाट फिर्ता बोलाउने शाहीले बताए ।

  • २० मंसिर २०७८, सोमबार १५:०६ प्रकाशित