प्रदेश १ मा २ मतले गुरु घिमिरे पराजित हुदाँ शेखरले किन माग्नु पर्यो माफी ?

केन्द्रभाग मिडिया

काठमाडौं । नेपाली कांग्रेस एक नम्बर प्रदेशको सभापतिमा गुरु घिमिरे २ मतले पराजित भए। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे कांग्रेस झापाका पूर्वसभापति उद्धव थापासँग दुई मातन्तरले पराजित भएका हुन्।

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्ण सिटौलाको समर्थन पाएका थापाले ८४४ मत प्राप्त गर्दा घिमिरेले ८४२ मत प्राप्त गरे।

घिमिरेको हार पछी कार्यकर्ताले घिमिरेको हारमा तीन केन्द्रीय नेतालाई दोष दिइरहेका छन्।

मतदान स्थलमै उपस्थित भएर पनि नेताहरू डा. शेखर कोइराला, सुजता कोइराला र महेश आचार्यले मतदान गरेका थिएनन्।

उनीहरूले मतदान गरेको अवस्थामा घिमिरेले एक मतले जित्ने अवस्था रहन्थ्यो। तर, तीन नेताले भोट नहालेका कारण घिमिरेले पराजय भोग्नुपरेको हो । प्रदेश १ को सभापतिमा घिमिरे विजयी हुने अनुमान गरिएको थियो। डा. कोइरालाले प्रदेश अधिवेशनमा मतदान नगरेकोमा माफी मागीसेका छन् ।

केन्द्रीय नेताहरू सिटौला, रक्षामन्त्रीसमेत रहेका मिनेन्द्र रिजाल, अमृत अर्यालले भने मतदान गरेका थिए। तर, कोइरालाद्वय र आचार्यले भने मतदान गरेनन्। प्रवक्ता विश्वप्रकाश शर्मा भने मतदान गर्न गएका थिएनन्। यस्तै ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा र विजयकुमार गच्छदार पनि भोटदिन गएका थिएनन्।

  • २० मंसिर २०७८, सोमबार १४:२१ प्रकाशित