नजरबन्दमा रहेकी आङ सान सुचीलाई चार वर्ष जेल सजाय

केन्द्रभाग मिडिया

काठमाडौं ।

नजरबन्दमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई ४ वर्ष जेलसजाय तोकिएको छ । प्राकृतिक प्रकोपसम्बन्धी कानुनअन्तर्गत कोरोना भाइरससम्बन्धी नियम उल्लंघन गरेको उनी माथि आरोप लागेको छ ।

७६ वर्षीया सुकीमाथि अन्य ११ आरोप पनि लगाइएको छ । तर सुकीले भने निरन्तर रूपमा आफूमाथि लगाइएको आरोप निराधार भएको बताएकी छिन् ।

गत फेब्रुअरीमा म्यानमार सेनाले कु गरी सत्ता हत्याउनुपूर्व सुकीले निर्वाचित नागरिक सरकारको नेतृत्व गरेकी थिइन् । सेनाले चुनावमा धाँधली भएको उल्लेख गर्दै सत्ता हत्ताएको थियो ।

चुनावमा सुकीको नेसनल डेमोक्रेटिक लिगले बहुमत ल्याएको थियो । त्यति बेलादेखि सुकीलाई घरमै नजरबन्द गरिएको छ ।

  • २० मंसिर २०७८, सोमबार १२:३७ प्रकाशित