२४ बर्षिया डा. अलविराले जितिन् कांग्रेस लुम्बिनीको सदस्य, ८८१ मतसहित बिजयी

केन्द्रभाग मिडिया

भैरहवा।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा डा.अलविरा खान बिजयी भएकी छन् ।उनले ८८१ मत सहित पौडेलसमुहबाट सदस्यमा निर्बाचित भइन् । उनी मुस्लिम समुदायबाट प्रदेश सदस्य बनेकी हुन् ।

‘पिछडिएको समुदायको आवाज उठाउँन मैले राजनीति रोजेको बताउने उनी कपिलवस्तु–३ को प्रदेश सभा ख बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेदवार बनेकी थिइन् ।

‘मैले १८ वर्षको उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएँकी थिएँ, अहिले २४ वर्षकी भएँ,प्रदेश सदस्यमा जिताउनुहुने सबैलाई हार्दिक धन्यबाद दिन्छु।’ डा. खानले नागरिक अनलाइनसंग भनिन् । एमबीबीएस सकेर एमडी गर्न लागेकी अलविराले समाज रुपान्तरण गर्ने बताउँछिन् । उनका बाबु अंकित ३० वर्षदेखि कांग्रसको क्रियाशिल सदस्य हुन् । पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन् ।

चिकित्सक रहेकी उनी आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताउँछिन् ।बंगालादेश ढाकाबाट एमबिबिएस गरेकी उनी अहिले एमडि गर्ने तयारीमा छन् ।

मुस्लिम समुदायका नारीहरू बुर्का फाल्न नसकिरहेका बेला उनले भने राजनीतिमा लागेर समाजसेवा गर्ने अठोट रहेको बताइन् । संस्थापन इतर समूह (रामचन्द्र पौडेल समुह) का सभापतिमा अमरिसंह पुन मगरको प्यानलले जितेको छ ।

  • २० मंसिर २०७८, सोमबार ११:२९ प्रकाशित