बलिउड अभिनेत्री ज्याकलिन परिन् पक्राउ

केन्द्रभाग मिडिया

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज पक्राउ परेकी छिन् ।

ज्याकलिन विदेश जाँदै गरेको अवस्थामा विमानस्थलबाट पक्राउ परेकी हुन् । भारतको प्रवर्तन निर्देशालयले मनी लान्ड्रिङ मुद्दामा उनीविरुद्ध लुक आउट नोटिस जारी गरेपछि उनलाई प्रहरीले मुम्बई विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रवर्तन निर्देशालयले दुई सय करोडको मनी लान्ड्रिङ मुद्दामा सुकेश चन्द्र शेखरविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानको क्रममा सुकेशले अभिनेत्री ज्याकलिनसँग पैसाको कारोबार गरेको खुलेको छ। प्रहरीअनुसार सुकेशले ज्याकलिनलाई ५२ लाख पर्ने घोडा र ९ लाख पर्ने बिरालो उपहार दिएका थिए।

पछिल्लो समय ज्याकलिन र सुकेशको एक सेल्फी सञ्चारमाध्यम देखि समाजिक सञ्जालमा भाइरल भएको थियो ।

  • २० मंसिर २०७८, सोमबार ०९:४२ प्रकाशित