भारतमा फैलिदैँ ओमिक्रोनः एकै दिन १७ जनामा संक्रमण,नेपालमा सर्तकता जरुरी

केन्द्रभाग मिडिया

भारतमा पछिल्लो समय ओमिक्रोन भाइरस फैलिन थालेको छ ।

भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट अ‌ोमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ ।

भारतमा दक्षिण कोरियाबाट आएका र उनहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ । यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।

अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ । भारतमा ओमिक्रोन फैलिन थालेपछि नेपालमा सुरक्षा सर्तकता बढाउन आवश्यक देखिएको छ ।

नेपाल भारतबीचको खुल्ला सिमाका कारण संक्रमण छिट्टै फैलिन सक्ने खतरा रहन्छ । त्यसैले सिमा नाकामा सर्तकता बढाउनुपर्ने चिकित्सक तथा स्वास्थ्य विज्ञहरुले सुझाव दिइरहेको छन् ।

  • २० मंसिर २०७८, सोमबार ०९:१९ प्रकाशित