गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २६ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश थप एक संक्रमितको मृत्यु भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ८ का ६१ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३३९ जनाको नमुना परीक्षण गर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा १७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ हजार ९ सय ९९ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ४ सय २५ रहेको छ ।संक्रमित हुनेमा कास्कीका २१,म्याग्दीका १, नवलपरासीका २ र स्याङ्जाका २ जना रहेका छन् । ११ महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५२ हजार ५ सय ९१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १५३ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • १९ मंसिर २०७८, आईतवार १६:५० प्रकाशित