अब विद्यार्थीलाई विद्यालयमै खोप लगाइने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले अब विद्यार्थीलाई विद्यालयमै गएर कोरोना विरुद्धको खोप लगाउने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराउने तयारी थालेको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा। विवेककुमार लालले खोप केन्द्र विद्यालयमा राखेर अघि बढाइने बताए।नेपालमा ५० लाख मात्रा खोप मौज्दातमा छ। त्योमध्ये मोर्डना खोप विद्यार्थीहरुलाई लगाइने बताइएको छ ।

  • १९ मंसिर २०७८, आईतवार १६:४० प्रकाशित