२४ घण्टामा ४३६ जना निको भए, २०५ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं।

पछिल्लो २४ घण्टामा ४३६ जना निको भएका छन् । देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका संक्रमित मध्ये सो संख्यामा संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।आइतबार आज थपिएकासँगे नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ । भने नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ । कोरोनाबाट निको हुनेको संख्या ८ लाख ४ हजार ५४४ जना रहेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना रहेका छन् । जसमध्ये ६ हजार १६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • १९ मंसिर २०७८, आईतवार १६:२५ प्रकाशित