बागमतीमा पुनः मतदान , इन्द्रलाई भीमसेनको साथ

केन्द्रभाग मिडिया

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।

हेटौँडामा आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि दिउँसो साढे १ बजेबाट सुरु भएको छ ।

दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा निकट इन्द्र बानियाँ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसीबीच प्रतिष्पधा रहेको छ ।

पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए । पहिलो चरणमा तेस्रो भएका प्रधानले पहिलो भएका बानियाँलाई साथ दिएका छन् ।

हिजो भएको मतदानमा तीनै जना कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि आज फेरि मतदान भएको हो ।

  • १९ मंसिर २०७८, आईतवार १४:४२ प्रकाशित