इन्डोनेसियामा ज्वालामुखी विष्फोट, कम्तीमा १३ जनाको मृत्यु (भिडियोसहित)

केन्द्रभाग मिडिया

इन्डोनेसिया ।

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विष्फोट भएको छ ।

विष्फोटमा परि कम्तीमा १३ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । दर्जनौं घाइते भएका छन् भने हजारौँ विस्थापित भएका छन् । विष्फोटमा दुई गर्भवती सहित ९८ जना घाइते भएको बताइएको छ। । मृत्यु हुनेको संख्या बढन सक्ने अनुमान गरिएको छ।

पूर्वी जाभा प्रान्तको माउन्ट सेमेरुमा ज्वालामुखी विष्फोट हुँदा हजारौं विस्थापित भएका छन् ।ज्वालामुखीबाट निस्कीएको बाक्लो धुँवाले गाउँनै अन्धकार बनेको जनाइएको छ । ज्वालामुखीका कारण फसेका स्थानीयहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

भिडियो वाइल्ड वेदरर्स युट्युवबाट

https://www.youtube.com/watch?v=RxxVc2u7Mf0

  • १९ मंसिर २०७८, आईतवार १४:०९ प्रकाशित