बुवा आमाको नाममा तालबाराही विद्यालयमा १ लाख बढीको अक्षय कोष स्थापना

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा महानगर पालिका वडा न ६ बैदाममा अवस्थित ताल बाराही माध्यमिक विद्यालयमा भुपु विधार्थी कृष्ण पहारी र उनकी धर्म पत्नी सरु पहारीले आफ्ना बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारी को नाममा अक्षय कोष स्थापना गरेका छन ।

आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ पोखरा ६ बैदाम निवासी पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरिदिएका हुन् । पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारी ले चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण न्यौपाने र विद्यालयका प्रधानध्यापक तारा प्रसाद पोखरेल लाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अक्षय कोष दाता पहारीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने पाउँदा खुशि लागेको बताए ।

उक्त अवसरमा श्री कृष्णका बुवा पहारी ले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपाने ले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताए । विद्यालय प्रधानध्यापक तारा प्रसाद पोखरेलले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए ।

  • १९ मंसिर २०७८, आईतवार १३:२३ प्रकाशित