हारपछि कमल थापाले भने,‘२०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’

केन्द्रभाग मिडिया

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा हारेपछि थापाले राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाएको भन्दै गुनासो गरेका छन् ।

उनले भने,‘ २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ कामना।

थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् ।यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

उनले लेखेका छन् ‍- प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना।

प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु।
पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।
Congrats @GBBShah . Thank you
मैले राहत र उन्मुक्ति पाएको छु।
सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।

  • १९ मंसिर २०७८, आईतवार ०८:५६ प्रकाशित