कांग्रेस गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी(मतसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सभापतिमा संस्थापन इतर समूहका उम्मेद्वार शुक्रराज शर्मा विजयी भएका छन् । शर्मा ६१२ मतका साथ विजयी भएका हुन् । उनका प्रतिस्पर्धि अर्जुन प्रसाद जोशीले ५२८ मत प्राप्त गरे ।

आइतबार विहान सम्पन्न मतगणना अनुसार उपसभापतिमा शर्मा प्यानलकी कल्पना तिवारी र जोशी प्यानलका मेखलाल श्रेष्ठ निर्वाचित भएका छन् । तिवारीले ६२४ मत र श्रेष्ठले ५५६ मत ल्याएर विजयी भएका हुन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका हरिप्रसाद श्रेष्ठले ५४८ र नेत्रबहादु महतले ४५६ मत प्राप्त गरे ।

महामन्त्रीमा शर्मा प्यानलका किरणबाबु श्रेष्ठले ५७३, विष्णु लामिछानेले ५६४ मत ल्याएर विजयी भए । जोशी प्यानलका कुमार खड्काले ५५६ मत र ईश्वर पाण्डेले ४७३ प्राप्त गरे ।

सहमहामन्त्रीमा शर्मा प्यानलका रमेशकुमार पाण्डेले ६०५ मत र ५७० मत ल्याएर रामचन्द्र जोशी विजयी भएका छन् । सहमहामन्त्रीका प्रत्यासी जोशी प्यानलका राजनराज पन्तले ४६१ र झुलबहादुर आलेले ४८८ मत प्राप्त गरे । प्यानल बाहिरबाट उम्मेद्वारी दिएका युवराज बास्ताकोटीले ९२ मत प्राप्त गरे ।

। सहमहामन्त्री महिलातर्फ शर्मा प्यानलकी कोपिला रानाभाट बिजयी भएकी छन् । उनले ५९२ मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी जोशी प्यानलमा रहेकी ओमकला गौतमले ५१४ मत प्राप्त गरिन् ।

कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचन शनिबार पोखरा प्रर्दशनी केन्द्रमा भएको थियो ।

गण्डकी प्रदेशमा संस्थापन पक्ष (देउवा समूह) र संस्थापन इतर पक्ष (पौडेल समूह) ले प्यानलसहितको प्रतिस्पर्धा गरेका हुन् सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको प्रतिस्पर्धा छ ।

 

  • १९ मंसिर २०७८, आईतवार ०७:३४ प्रकाशित