पोखरा ३२ मा नेकपा (एस)को वडा कमिटी गठन, सुमित्रा अधिकारी अध्यक्ष

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा (एकीकृत समाजबादी) पोखरा महानगर वडा नं ३२ को भेला सम्पन्न भएको छ। भेलाले सुमित्रा अधिकारीको अध्यक्षतामा वडा नम्बर ३२को वडा कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा इन्द्र सुनार, सचिबमा जीवन अधिकारी र उपसचिबमा सन्देश तिवारी रहेको ३१ सदस्यीय वडा कमिटि चयन भएको नेकपा एस कास्कीका प्रचार प्रमुख पूर्ण लामाले जानकारी दिएका छन् ।

उक्त भेलाले घनश्याम तिवारीको अध्यक्षतामा पदम अधिकारी ,बद्री धमला, शिव लामीछाने रहेको सल्लाहकार कमिटी समेत गठन गरेको छ ।

यसअघि भेलामा स्थायी कमिटी सदस्य शारदा प्रसाद सुवेदी, गण्डकी प्रदेश कमिटी सदस्य गोकर्ण तिवारी , ईश्वरी प्रसाद न्यौपाने, क्याप्टेन मदन केसी, पोखरा महानगरका उपसचिब गणेश कार्की, कास्की जिल्ला कमिटी सचिवालय सदस्य माधब तिवारी र अनेरास्ववियू कास्कीका अध्यक्ष बज्रराज अधिकारीले सम्बोधन गरेका थिए ।

पिताम्बर पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य धर्मराज पन्थी गरेका थिए ।

  • १८ मंसिर २०७८, शनिबार २१:१६ प्रकाशित