कांग्रेस महाधिवेशनः लुम्बिनीमा मतदान सकियो, ३९ प्रतिनिधि अनुपस्थित

केन्द्रभाग मिडिया

भैरहवा।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । कुल १ हजार ६ सय ७० मतदाता रहेकोमा १ हजार ६ सय ३१ जना प्रतिनिधिले मतदान गरेका छन् । ३९ जना अनुपस्थित रहे ।

प्रदेश पदाधिकारी र सदस्यका लागि संस्थापन र संस्थापनइतर पक्ष प्यानलसहित चुनावी मैदानमा छ ।

संस्थापनपक्षबाट भरत शाह र संस्थापनइतर पक्षबाट अमरसिंह पुन प्रतिस्पर्धामा रहेका छन् । बेलुका ८ बजेबाट मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

  • १८ मंसिर २०७८, शनिबार १८:२९ प्रकाशित