गण्डकीमा जस्तै केन्द्रीय सभापतिमा पनि एउटै उम्मेदवार बनाउछौँः बरिष्ठ नेता पौडेल

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहले सहमतिमा सभापतिको उम्मेदवार उठाउने बताएका छन् । नेता पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने निर्णय भइनसकेको बताए ।

अहिल्यै भन्नु उपयुक्त नभएको भन्दै उनले सामूहिक सल्लाह गरेर उम्मेदवारी दिइने बताए ।काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्छौं, हाम्रो बीचमा जे सल्लाह हुन्छ, त्यही निर्णय हुन्छ, उनले भने, समूहबाट एउटै उम्मेदवार हुन्छ।

सभापति लगायत पदाधिकारीका लागि नेताहरूबीच सहमति नभएको प्रसंगमा उनले उम्मेदवारी दर्ता गर्ने बेलासम्म सहमति हुने बताए। गण्डकी प्रदेश अधिवेशनमा मतदान गरे पछि बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

 

 

  • १८ मंसिर २०७८, शनिबार १७:४६ प्रकाशित