१९ अधिकार प्राप्त कांग्रेस प्रदेश समिति शक्तिशाली (अधिकार सूचिसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश नम्बर २ बाहेक बाँकी सबै प्रदेशमा कार्यसमिति चयनका लागि मतदान जारी छ ।

प्रदेशको नेतृत्व गर्न केन्द्रीय सदस्य भइसकेका, संविधान निर्माणमा भूमिका खेलेका एवं पूर्वमन्त्री भइसकेका नेताहरु समेत प्रतिस्पर्धामा छन् । प्रदेशमा अकर्षक अधिकार भएकै कारण ति नेताहरु प्रदेश ओर्लेका हुन् ।

  • यि हुन् प्रदेश समितिका काम कर्तब्य र अधिकार :

क. प्रदेशभित्रका जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा क्षेत्रीय कार्यसमितिबीच समन्वय गर्ने, पार्टीको हितमा आवश्यक सहयोग र निर्देशन दिने।

ख. संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचनमा प्रदेश भित्रका पार्टीका सबै निकायलाई परिचालन गर्ने, समन्वय गर्ने र आवश्यकतानुसार निर्देशन दिने।

ग. प्रदेशभित्र पार्टीको हितका लागि आवश्यक सबै कार्य गर्ने, गराउने।

घ. जिल्लाबाट प्राप्त नेपाली कांग्रेसको क्रियाशील सदस्यताको र सदस्यता नवीकरणको अभिलेख राखी केन्द्रमा पठाउने।

ङ. प्रदेश सम्मेलन, प्रदेश अधिवेशन र प्रदेश कार्यसमितिका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने र कार्यान्वयन भए नभएको अनुगमन गर्ने।

च. प्रदेश सम्मेलन, प्रदेश अधिवेशन, प्रदेश कार्यसमितिको बैठक नभएको बेला आवश्यक विषयमा निर्णय गर्ने र पछि हुने प्रदेश सम्मेलन वा प्रदेश अधिवेशनमा त्यस्तो निर्णय पेस गर्ने।

छ. प्रदेश सम्मेलन र प्रदेश अधिवेशनमा प्रतिवेदन तथा प्रस्ताव पेस गर्ने।

ज. पार्टीको आचारसंहिता पालना गराउने र अनुशासन कायम राख्ने।

झ. प्रदेश स्तरमा आवश्यकता अनुसार काम, कर्तव्य र अधिकार तोकी विधानमा उल्लेख गरिएका बाहेकका अन्य विभिन्न विभागहरू तथा निकायहरू गठन गर्ने।

ञ. प्रदेश अधिवेशन र प्रदेश सम्मेलनद्वारा स्वीकृत कार्यक्रम र घोषणा पार्टीको प्रदेश सभा संसदीय दललाई उपलब्ध गराउने तथा प्रदेश सभा संसदीय दलको प्रतिवेदन प्रदेश अधिवेशन र प्रदेश सम्मेलनमा प्रस्तुत गर्ने।

ट. धारा ३२ बमोजिम मातहत निकायबाट प्राप्त रायसहित पार्टीको तर्फबाट उम्मेदवारको नाम सिफारिस र निर्णय गर्ने।

ठ. पार्टी प्रदेश सरकारमा सहभागी हुने वा नहुने वा कसैलाई समर्थन गर्ने वा नगर्ने सम्बन्धमा केन्द्रसँग समन्वय गरी नीतिगत निर्णय गर्ने र सरकारमा सहभागी हुने अवस्थामा केन्द्रको स्वीकृतिमा प्रदेश सरकारमा जाने मन्त्रीको मापदण्ड तयार गर्ने।

ड. प्रदेशभित्र संसदीय निर्वाचन र स्थानीय निर्वाचनमा पार्टीको पक्षमा प्रचार प्रसार गर्ने गराउने, पार्टीको स्थितिको मूल्यांकन गर्ने र त्यसपछि हुने प्रदेश सम्मेलनमा प्रतिवेदन प्रस्तुत गर्ने।

ढ. प्रदेशका समस्याको समय समयमा जानकारी लिइ भ्रातृरशुभेच्छुक संघ–संस्था, जिल्ला र क्षेत्रीय समिति, सरकारी र गैरसरकारी सामाजिक संघ–संस्थासँग सम्पर्क राख्ने र समस्या भए समाधानका लागि आवश्यक कार्य गर्ने।

ण. केन्द्रका निर्णय र निर्देशनको पालना गर्ने, गराउने।

त. पार्टीको उद्देश्य, नीति, कार्यक्रम, घोषणापत्र र पार्टी साहित्य आदिको व्यापक प्रचारप्रसार गर्ने, गराउने।

थ. समय समयमा प्रशिक्षण, गोष्ठी, शिविर र भ्रमण आदिको आयोजना गर्नेरगराउने ।

द. महत्वपूर्ण अवसरमा रक्तदान, वृक्षारोपण, सरसफाइ वातावरण संरक्षण आदि रचनात्मक र समाजसेवाका कार्यक्रम गर्ने, गराउने।

ध. प्रदेश कार्यसमितिले आफ्नो प्रदेशभित्र तोकिएका बाहेक आवश्यकताअनुसार विभिन्न समिति, उपसमिति गठन गर्न गराउन सक्नेछ।

  • १८ मंसिर २०७८, शनिबार १२:५८ प्रकाशित