हा हा नो कमेन्ट ! कमल थापालाई रेखाको प्रति हमला

केन्द्रभाग मिडिया

पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन राजधानीमा जारी छ । राप्रपामा एजेण्डा धर्म सापेक्ष सनातन हिन्दु राष्ट, राजसंस्थासहितको प्रजातन्त्र र एकात्मक राज्य व्यवस्था उसका एजेण्डा हुन् ।

यि एजेण्डामा चुनावी प्रतिस्पर्धामा रहेका कमल थापा र राजेन्द्र लिङ्देन बीच कुनै मतभेद छैन । यसमा अझ को उग्रराजाबादी र को उग्र राष्ट्रवादी भन्ने हुनसक्छ ।

राप्रपामा विमति मात्र नेतृत्व लिन चाहने थापा र लिङ्देन र उनीहरुका समर्थकका बीचमा छ । उनीहरुका बीचमा देखिएको विमति भने सतहमा आउने क्रम जारी छ । त्यो हो । उग्रराजावादी को देखिने र उग्रराष्ट्रवादी को देखिने ।

हा हा नो कमेन्ट भन्दै टेलिभिजनमा रेखा थापाले आफू गणतन्त्रवादी हुँ भनेको पुरानो भिडियो ट्वीटरमा हालेपछि त्यसको काउन्टरमा रेखा थापाले पनि हा हा नो कमेन्ट भन्दै कमल थापाले एमसिसी पास गर्नुपछ भनेको भिडियो ट्वीट गरेकी छन् ।

कमल थापा राजेन्द्र लिङ्देनसंग अध्यक्षका लागि प्रतिस्पर्धामा छन् भने, रेखा थापा लिङ्देनको टिममा महामन्त्रीको उम्मेद्वार छन् । कमल थापाले रेखाको पुरानो भिडियो राखेर रेखा राजतन्त्रवादी होइनन् भन्ने पुष्टि गर्न खोजेका छन् ।

रेखाले कमल थापाको भिडियो राख्दै कमल थापा राष्ट्रवादी होइनन् भन्ने पुष्टि गर्न खोजेकी छन् ।

  • १८ मंसिर २०७८, शनिबार ११:१९ प्रकाशित