आज सूर्यग्रहण लाग्ने, सुतकको नियम पालना गर्न नपर्ने

केन्द्रभाग मिडिया

पोखरा ।
आज अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण लाग्दैछ । चन्द्रग्रहण जस्तै, सूर्यग्रहण पनि एक महत्वपूर्ण खगोलीय घटना हो । ज्योतिष शास्त्रमा ग्रहणलाई अशुभ घटनामा गनिन्छ ।

यस कारणले गर्दा ग्रहणको समयमा शुभ कार्य र पूजा गर्नु वर्जित मानिन्छ । आज मार्गशीर्ष महिनाको कृष्ण पक्षको अमावस्या हो। सूर्यग्रहण आज बिहान १०ः५९ मा सुरुभई दिउँसो ३ः०७ मा समाप्त हुनेछ।

नेपाल र भारतबाट देख्न नसकिने

आज लाग्ने सूर्य ग्रहण नेपाल र भारतमा देख्न सकिँदैन । ज्योतिषहरुका अनुसार नेपाल र भारतमा देखिने छैन, जसका कारण यसको सुतक अवधि मान्य हुनेछैन । अन्टार्कटिका, दक्षिण अफ्रिका, अष्ट्रेलिया र दक्षिण अमेरिकामा देखिनेछ । सुतक अवधि सूर्यग्रहणको १२ घण्टा अघि सुरु हुन्छ ।

यो ग्रहण छाया हुनेछ । ज्योतिषशास्त्रका अनुसार पूर्ण ग्रहण लागेमा मात्र सुतक अवधि मान्य हुन्छ । आंशिक वा छाया हुँदा सुतकको नियम पालना गर्नु आवश्यक छैन ।

 

  • १८ मंसिर २०७८, शनिबार ०५:५८ प्रकाशित