पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य, २४६ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ ।

हिजो मात्रै ६ जना संक्रमितको मृत्यु भएकोमा आज भने देशभर कसैले पनि संक्रमणका कारण ज्यान गुमाउनु नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २४६ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । ७ हजार ८३६ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २२ हजार १७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५६९ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख ३ हजार ७१६ जना निको भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५३५ जना रहेको छ भने हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६९२१ रहेको छ ।

जसमध्ये ६ हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • १७ मंसिर २०७८, शुक्रबार १६:३८ प्रकाशित