कन्सर्टका लागि काठमाडौं आइन् इन्डियन–अमेरिकन र्‍यापर राजा कुमारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

इन्डियन–अमेरिकन र्‍यापर राजा कुमारी आज शुक्रबार नेपाल आएकी छन् ।

राजाकुमारी कन्सर्टका लागि काठमाडौं आएको बताइएको छ । उनलाई ठमेलस्थित क्लब फरेनहाइटले आयोजना गर्न लागेको कन्सर्टमा इन्भाईट गरिएको हो । शनिबार हुने कन्सर्टमा राजा कुमारीले दर्शकलाई हिन्दी तथा अंग्रेजी गीतमा प्रस्तुति दिने छिन्।

उनी कन्सर्ट लगत्तै भोलि नै दिल्ली फर्किने बताइएको छ।

  • १७ मंसिर २०७८, शुक्रबार १५:१७ प्रकाशित