काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दोस्रो पटक पदभार ग्रहण गर्दै संसद चल्न नदिने बताएका छन् ।
कार्यभार ग्रहण गर्दै ओलीले आफुहरुले निकालेका व्यक्तिहरुलाई संसदभित्र राखेर संसद चल्न नदिने बताएका हुन् । उनले भने,‘हामीले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौं ।’
सरकारले २८ गते संघीय संसदका बैठक आह्वान गरेको छ। यस्तै ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।
अहिलेको गठबन्धनबाट देश र सरकार दुवै नचलिरहेको आरोप लगाउँदै उनले चाँडै आमचुनावमा जानुपर्ने बताएका हुन् ।