काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गालीगलौज गरेको भन्दै एकै पटक १६ जना रेफ्रीले राजीनामा दिएका छन् ।
सहिद समारक ‘ए’ डिभिजन लिगकै दौरान ‘फिटनेस टेस्ट’ गर्न दबाब दिएका अध्यक्ष शेर्पालाई तयारीका लागि समय माग गर्दा दुव्यर्वहार गरेको भन्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् । लिगमा संलग्न २४ रेफ्रीमध्ये १६ जनाले बिहीबार दिएका हुन् ।
एन्फा अध्यक्ष शेर्पाले भने रेफ्रीहरूलाई आफूले दुव्यर्वहार गरेको भन्ने आरोप अस्वीकार गरेका छन् ।