आज पदबहाली गर्दै नवनिर्वाचित एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदभार ग्रहण गर्दै छन् । चितवनमा सम्मपन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले आज पदबहाली गर्न लागेका हुन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीले पदभार ग्रहण गर्न लागेका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका भीम रावललाई हराउँदै ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

  • १७ मंसिर २०७८, शुक्रबार ०९:५१ प्रकाशित