कक्षा १२ को रिजल्ट आज सार्वजनिक हुदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को रिजल्ट आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि अहिले बोर्ड बैठक बसीरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताएका छन् । ।

परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ ।कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

  • १७ मंसिर २०७८, शुक्रबार ०९:४४ प्रकाशित