गण्डकी प्रदेशका पत्रकार महिलालाइ सुचनाको हक सम्बन्धि तालिम

केन्द्रभाग मिडिया

पोखरा ।
संचारिका समूह गण्डकी प्रदेशले पोखरामा सुचनाको हक सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । सुचना पाउने अधिकार प्रति सशक्त बनाउँदै सबल पत्रकारिता गर्न पत्रकारलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा सम्पन्न तालिममा प्रदेशभरका ४० जना पत्रकार सहभागि थिए । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले सुचना सार्वजनिक गर्नु नै सुशासन र विकासको पूर्व शर्त रहेको बताए । उनले यसका लागि बलियो कानुन बनाउन आँफू प्रतिवद्ध रहेको उल्लेख गरे ।

सुचना लुकाउने प्रवृतिले भ्रष्टाचार र गरिवि मौलाउने बताएका उनले सरकारमात्र नभइ जनतासँग सरोकार राख्ने हरेक निकाय पारदर्शी बन्नुपर्ने धारणा राखे । सुचनासँग धरै सम्बन्ध संचारकर्मीकै भएकोले यस्ता विषयमा पत्रकार तथा संचारकर्मी अझ चनाखो हुनुपर्नेमा उनको जोड थियो । यस्ता विषयमा तालिम कार्यक्रम गर्दा पत्रकारमहिलाको संस्थागत तथा नेतृत्व क्षमता अझ बढ्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक तथा राष्ट्रिय सुचना आयोगका पुर्व आयुक्त यशोदा तिम्सिनाले सुचनाको हक सम्बन्धि कानुन लागु गराउन बाध्यकारी व्यवस्थ गर्न सकिएमात्र सुचनाको अधिकार विकासका लागि उत्पादनमुलक हुनसक्ने बताइन् ।

कार्यक्रममा संचारिका समूह गण्डकी प्रदेश अध्यक्ष स्मीता अधिकारीले सुचनाको हक सम्बन्धि तालिम मार्फत पत्रकारीता प्रतिको दायित्व र जिम्मेवारी बोध अझ बढ्ने बिश्वास व्यक्त गरिन् । सुचनाको अधिकार सम्बन्धि ज्ञानले पत्रकारितामा क्रियाशिल हुन पत्रकार महिलाहरुलाइ उर्जा थपिने उनले बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा संचारिका समुह गण्डकीका संस्थापक सदस्य मिना गुरुङ नेपाल पत्रकार महासंघ कन्द्रीय सदस्य सरिता तिमिल्सना, नेपाल पत्रकार महासंघ गण्डकी सचिव तथा सुचना सञ्जाल कास्की संयोजक यदुनाथ बञ्जारा, जिल्ला समन्वय समिति कास्की उपाध्यक्ष सावित्री भण्डारी, पोखरा वडा नं ३१ का वडाध्यक्ष कमल बहादुर थापा, कार्यक्रम संचारिका समुह गण्डकीका महासचिव कविता श्रेष्ठ र उपाध्यक्ष राधिका कँडेल लगायतले बोलेका थिए ।

  • १६ मंसिर २०७८, बिहीबार १९:४० प्रकाशित