अफ्रिकामा ओमिक्रोन संक्रमणदर दोब्बरले बढ्यो

केन्द्रभाग मिडिया

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको संक्रमण तीव्र वृद्धि भएको छ। सोमवार यता मात्रै देशभरि सङ्क्रमितको सङख्या दोबरले बढेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनले संक्रमण यसरी तीव्र रूपमा वृद्धि गरेको हुनसक्ने बताएका छन्।

यद्यपि त्यसकै कारण कति भन्ने स्पष्ट चाहिँ छैन। विगत २४ घन्टामा मात्रै आठ हजार पाँच सय नयाँ संक्रमितको संख्या दर्ता भएको छ।

अत्यधिक उत्परिवर्तित भनिएको यो नयाँ भेरिअन्ट सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको गत साता घोषणा गरिएको थियो।दक्षिण अफ्रिकामा नयाँ भेरिअन्ट पहिलोपटक पत्ता लागेको घोषणा भएयता थुप्रै पश्चिमा देशहरूले दक्षिण अफ्रिकी देशहरूमाथि प्रतिबन्ध लगाउँदै आएका छन्।

  • १६ मंसिर २०७८, बिहीबार १३:५४ प्रकाशित