प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले कार्यवहाक नतोकी दिदाँ सर्वोच्चमा मुद्दाको पेशी तोक्न अन्योल भएको छ ।
आफु कोरोना संक्रमणबाट ग्रसित बनेका जबराले न बिदा लिएका छन् न न्यायाधीसलाई कार्यवहाक प्रधानन्यायाधीश नै तोकेका छन् । जसले गर्दा सर्वोच्चमा अन्योल भएको हो ।
आज बिहान बसेको सत्ता गठबन्धनका पाँच शिर्ष नेताको बैठकले जबरालाई बिदामा बसेर कार्यवहाक प्रधानन्यायाधीश तोक्न आग्रह गरेको छ तर जबराले आफु बिदामा नि नबस्ने र कार्यवहाक पनि नतोक्ने जवाफ दिएको बताइएको छ ।
प्रधानन्यायाधीश शमसेर निकट स्रोतले बताए अनुसार उनी बिदा बस्न मानेका छैनन् भने उनले कार्यवाहक पनि नतोक्ने बताएका छन् । स्रोतले भन्यो,‘ उनी बस्ने वा दीपक कार्कीको महत्वाकांक्षा पूरा गरिदिन कामु वा कार्यवाहक दिने सम्भावना छैन ।’
यसैबीच सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीशलाई बिदा बसेर कार्यवाहक तोक्न दिएको सुझावप्रति सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरूले आपत्ति जनाएका छन् ।