गठबन्धनले जबरालाई भन्योः ‘तपाई बिदामा बसेर तत्काल कार्यवाहक तोक्नुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना संक्रमण भएपछि सर्वोच्च प्रधानन्यायाधीश बिहीन बनेको छ ।

सत्ता गठबन्धनले जबरालाई बिदामा बस्न आग्रह गरेको छ । पाँच दलका शीर्ष नेताहरुको आज बसेको बैठकले जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल लगायतका नेताहरू सहभागी छन् ।

  • १६ मंसिर २०७८, बिहीबार १२:५७ प्रकाशित