काठमाडौं ।
नेपाली कांग्रेसको बाग्मती प्रदेश सभापतिमा पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट ईन्द्रबहादुर बानियाँलाई अघि सारेका छन् । देउवाले बानियाँलाई नै अघि बढ्न भनेपछि अहिले केहीबेरमा रिपोर्टर्स क्लब नेपालमार्फत बानियाँले उम्मेद्धवारी घोषणा गर्ने भएका हुन् ।
यसअघि भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । गत शनिबार काठमाडौंको शान्तिवाटिकामा घोषणासभा आयोजना गर्दै नेता प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
प्रधानलाई बाग्मती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका थिए । कांग्रेसको प्रदेश अधिवेशन भोलि मंसिर १६ र १७ गते हुँदैछ । बाग्मती प्रदेशको प्रदेश अधिवेशन हेटौंडामा हुनेछ ।
आन्तरिक छलफलमा रहेको बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने उम्मेदवार चयन गर्न सकेको छैन । सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने बताएका छन् ।