पोखरा ।
साना उद्योग महासंघ महिला उद्यमी समिति गण्डकीको अध्यक्षमा चिनुकुमारी गुरुङ निर्वाचित भएकी छन् । पोखरामा मंगलबार सपन्न समितिको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको होे ।
समितिको वरिष्ट वरिष्ट उपाध्यक्षमा अनिता मल्ल केसी निर्वाचित भएकी छन् । समितिको उपाध्यक्षमा चिनीमाया कालामगर, महासचिवमा बसन्त केसी र कोषाध्यक्षमा सुन्ति पुर्जा निर्वाचित भएकी छन् ।
समितिको निवर्तमान अध्यक्ष मिना पराजुली रहेकी छन् । सदस्यहरुमा अनिता गोताने, गंगा कार्की, निर्मलु श्रेष्ठ, पशुपति कार्की शर्मा, रमिला ढुंगाना, लक्ष्मी पोखरेल र धनमाया राना निर्वाचित भएका छन् ।
यस अगाडि अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै उनले समृद्ध गण्डकी प्रदेश र समृद्ध गण्डकी प्रदेशवासी बनाउन उद्योगीहरुको महत्वपूण भूमिका हुने बताए ।
उनले कोरोना संक्रमणमा परेका उद्योग व्यवसायीको हितमा प्रदेश सरकारले ल्याएको व्यवसायीक जीवन रक्षा कोषको कार्यविधिमा संसोधन गरेर भएपनि सहजढंगले वास्तविक साना उद्योगी व्यवसायीको पहुँचमा पु¥याउने प्रतिवद्धता जाहेर गरे ।
उद्घान कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी, साना उद्योग महासंघ महिला उद्यमी समितिका केन्द्रीय अध्यक्ष अन्जुशिला उपाध्याय, घरेलु तथा साना उद्याग महासंघ गण्डकी अध्यक्ष हरिहर थापा लगायतले साना तथा घरेलु उद्योगीको समस्याका बारेमा बोलेका थिए ।