पोखरा ।
कास्की कांग्रेसका नवनिर्वाचित सभापति किशोरदत्त बरालले गण्डकी प्रदेश समितिमा अर्जुन जोशिको पक्षमा मत मागेका छन् । मंगलबार पोखरामा जोशीले आयोजना गरेको उम्मेदवारी घोषण कार्यक्रममा बोल्दै बरालले गुटमा नभई कार्यक्रम र योजना मिल्ने भएकाले जोशीलाई समर्थन गरेको बताए ।
उनले भने, आफुले अगाडी सारेका योजना कार्यक्रम कार्यान्यन गर्न एक्लै सम्भव नभएको र त्यसका लागि साथी चाइएको छ, आर्जुन दाईलाई अनुरोध गरे उहाँले स्विकार गर्नुभयो त्यसकारण अर्जुन दाइसंग सगैँ छु । उहाँको विजयको लागि सम्पूर्ण साथीहरुलाई नेपाली कांग्रेस कास्कीका तर्फबाट आग्रह गर्नु चाहन्छु ।
उहाँसंग राजनीतको लामो अनुभव छ, उहाँ अत्यन्त सृजनशिल नेता हो, उहाँसंग थुप्रै सम्भावना छ, जो मैले खोजेको छु त्यो डाइनामिक लिडर अर्जुन दाईमा देख्न सकिन्छ, त्यसकारण अर्जुन दाईलाई विजय गर्न आग्रह गर्दछु, बरालले भने । बरालले जोशीको अभिभावकत्वमा कास्की कांग्रेसको रुपान्तरण गर्न चाहेको बताए ।
एजेण्डा र कार्यक्रमसंग जोडिनुभएको छ, उहाँ तपाई हामीसंग जोडिनुभएको छ, त्यसकारण तपाइ हामीसंग हुनुहुन्छ, म चिन्दीन उहाँ शेरबहादुर गुटको हो की, रामचन्द्र गुटको हो, म चिन्दीन शेखर कोइराला गुटको हो, बरालले भने । कास्की कांग्रेस निर्माणको लागि पनि जोशीको नेतृत्व आवश्यक रहेको बरालले बताए ।