केन्द्रीय सदस्य पद नस्विकार्ने भीम रावलको घोषणा

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । तर केन्द्रीय सदस्य पद भने नस्विकार्ने घोषणा गरेका छन् ।

चितवनमा जारी एमालेको दसौँ महाधिवेशनमा आज बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने तर, केन्द्रीय सस्दय नस्विकार्ने प्रष्ट्याएका हुन् । ‘निर्वाचन परिणाम जे आएपनि स्विकार गर्छु तर, एमालेको केन्द्रीय सदस्यमा भने बस्दिन’ उनले भने ।

एमाले अध्यक्ष केपी ओलीले सोमबार मध्यराति सर्वसम्मतीको लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो ।

रावल एमाले अध्यक्ष केपी ओलीसँग अध्यक्षका प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने घोषणा उनले गरेका हुन् ।

यस अगाडि एमाले नेता एवं सांसद लालबाबु पन्डितले पनि आफू केन्द्रीय सदस्य पदमा नबस्ने घोषणा गरेका थिए ।

  • १४ मंसिर २०७८, मंगलवार ०७:५९ प्रकाशित