प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित, अस्पताल भर्ना

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमित भएका छन् । उनमा संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् । सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन् ।

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए ।

त्यसको केही घण्टापछि उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राणालाई निमोनिया पनि देखिएको छ । कार्यालय समय सकिएपछि उनी एपीएफ अस्पताल पुगेका थिए ।

  • १४ मंसिर २०७८, मंगलवार ०६:३२ प्रकाशित