काठमाडौं ।
कांग्रेसको १४ औं महाधिवेशनका लागि केन्द्रीय सदस्य बद्री पाण्डेले सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले सोमबार उम्मेदवारी घोषणा गरेका हुन्। पाण्डेले घोषणा पिछडिएको क्षेत्रबाट उम्मेदवारी दिने बताए ।
उम्मेदवार घोषणा गदै उनले संगठन सुदृढीकरण आजको आवश्यकता रहेको औंल्याए। उनले भने,निषेधको राजनीतिका कारण कम्युनिस्टहरू हाबी भएकाले अब कांग्रेसको नेतृत्वले सूचक्रमा नेपालको राजनीति लैजानुपर्छ। यसैका लागि उम्मेदवारी दिएको हुँ।
उनले १४ औं महाधिवेशन पछि नेपाली कांग्रेस र राष्ट्रिय राजनीति ठिक दिशामा जाने बताए। पाण्डेले भने, पार्टीहरू नसुध्रिए राजनीति नसुध्रिने रहेछ । पार्टी सुधार्न नेतृत्व सुध्रिनुपर्छ । त्यसको लागि हामी तयार छौं।